अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सभाको बैठक भदौ ३ गते बस्ने

कोशी प्रदेश सभाको बैठक भदौ ३ गते बस्ने


विराटनगर-कोशी प्रदेश सभाको बैठक आगामी भदौ ३ गते बस्ने भएको छ। कोशी प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै नवौँ अधिवेशनअन्तर्गत तेइसौँ बैठक २०८३ भदौ ३ गते बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको जनाएको हो।

यसअघि प्रदेश सभाको बैठक २०८३ असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। लामो अन्तरालपछि बस्न लागेको बैठकमा विभिन्न विधेयक तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसपटकको प्रदेश सभा बैठक कटहरीस्थित प्रदेश सभा सचिवालय परिसरमै निर्माण सम्पन्न भएको नयाँ संसद् भवनमा सञ्चालन हुने भएको छ। नयाँ भवनबाट पहिलो पटक प्रदेश सभा बैठक सञ्चालन हुन लागेकाले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ।

आगामी बैठकमा दलित समुदायसँग सम्बन्धित विधेयक टेबुल गर्ने तयारी गरिएको छ। उक्त विधेयकको मस्यौदा प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको र अब प्रदेश सभामा प्रस्तुत गरिने तयारी भइरहेको जनाइएको छ।