काठमाडौँ-आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान साढे १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको छ।
विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र सुझाव सङ्कलन, बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची रहेको छ।
त्यस्तै दिउँसो साढे २ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल हुनेछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ।


प्रतिक्रिया