अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनायो: शेरबहादुर देउवा (पूर्णपाठ)

विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनायो: शेरबहादुर देउवा (पूर्णपाठ)


काठमाडौँ-नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिचेर कांग्रेसलाई कमजोर बनाउने काम भएको बताएका छन्।

पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै  काठमाडौँमा शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । 

देउवाले कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको टिप्पणी गरे। ‘नेपाली कांग्रेसले के गर्‍यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नुपर्छ,’ उनले भने, ‘२००७, २०३६, २०४६ र २०६२/०६३ का सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएका हुन्। इतिहासबाट पाठ सिकेर मात्र सही मार्ग पहिल्याउन सकिन्छ।’ उनले विगतका उपलब्धिहरूको अवमूल्यन नगर्न समेत आग्रह गरे।