काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता तथा सरकारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका हुन्।
सन्देशमा उनले नेपाल र भारतबीच रहँदै आएको गहिरो ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको नाता तथा द्विपक्षीय सहयोग आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वाससमेत व्यक्त गरेका छन्।


प्रतिक्रिया