झापा-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न झापाको भद्रपुर विमानस्थलमा नेता तथा कार्यकर्ता भेला भएका छन्।
अध्यक्ष ओली गृहजिल्ला झापा आउने भएपछि एमालेका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू विमानस्थलमा पुग्न थालेका हुन्। अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थल परिसर तथा आसपासको क्षेत्रमा कार्यकर्ताहरूको उपस्थिति बढ्दै गएको छ।
पार्टीका नेता तथा कार्यकर्ताले अध्यक्ष ओलीको स्वागतका लागि आवश्यक तयारीसमेत गरेका छन्। अध्यक्ष ओलीको आगमनसँगै झापामा एमालेका नेता–कार्यकर्ताबीच भेटघाट तथा राजनीतिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया