झापा-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनपछि पहिलोपटक आफ्नो गृहजिल्ला झापा आइपुगेका छन्। इलाम र झापामा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली गृहजिल्ला झापा आएका हुन् ।
अध्यक्ष ओली झापा आइपुग्दा भद्रपुर विमानस्थलमा एमालेका नेता, कार्यकर्ता तथा समर्थकहरू उनको स्वागतका लागि भेला भएका थिए। उनीहरूले अध्यक्ष ओलीलाई फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए।
अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थल परिसरमा एमाले नेता-कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। लामो समयपछि गृहजिल्ला पुगेका ओलीलाई स्वागत गर्न नेता–कार्यकर्तामा उत्साह देखिएको थियो।
विमानस्थलमा स्वागतपछि ओली जिल्लाका विभिन्न राजनीतिक तथा पार्टीगत कार्यक्रममा सहभागी हुने बताइएको छ। निर्वाचनपछि पहिलोपटक गृहजिल्ला पुगेका ओलीको आगमनलाई एमालेका स्थानीय नेता-कार्यकर्ताले विशेष महत्त्वका साथ लिएका छन्।


प्रतिक्रिया