अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुख्खा पहिरो खस्दा नारायणगढ-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

सुख्खा पहिरो खस्दा नारायणगढ-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध


चितवन-इच्छाकामना गाउँपालिका-५ स्थित सिमलधारामा पृथ्वीराजमार्गमाथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ-काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

गएराति करिब १०ः२५ बजे खसेको पहिरोका कारण सडकको दुवैतर्फ सवारीसाधन सञ्चालन हुन नसकेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाँच वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने अनुमान गरिएको छ।

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौँ जाने तथा काठमाडौँबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सडक खुल्ने समयबारे थप सूचना जारी गर्ने जनाएको छ।