अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाहले भारतीय स्थल सेनाध्यक्ष सेठसँग भेटवार्ता गर्ने

प्रधानमन्त्री शाहले भारतीय स्थल सेनाध्यक्ष सेठसँग भेटवार्ता गर्ने


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई आज भेट्ने भएका छन्।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच आज दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुनेछ।

चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्काका देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसपछि जंगी अड्डामा उनलाई सम्मान गारत प्रदान गरिएको थियो।

जंगी अड्डामा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग भेटवार्ता गरेका सेठले जंगी अड्डा परिसरमा वृक्षरोपणसमेत गरेका थिए। उनले नेपाली सेनालाई स्वास्थ्य सामग्रीसमेत सहयोगस्वरूप प्रदान गरेका थिए।

प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि भारतीय स्थल सेनाध्यक्ष सेठ बुधबार भारत फर्किने कार्यक्रम रहेको छ।