भक्तपुर-नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता भएको छ।
भक्तपुरको गुन्डुमा मंगलबार भएको भेटवार्तामा मुस्लिम समुदायका अगुवाहरूसँग समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल भएको जनाइएको छ।
भेटमा मुस्लिम समुदायका विभिन्न समस्या, सरोकार तथा आगामी दिनमा राज्यसँगको सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ ।







प्रतिक्रिया