अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघको आवासीय कार्यशालामा एमाले अध्यक्ष ओली

राष्ट्रिय युवा संघको आवासीय कार्यशालामा एमाले अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय निकायहरूको आवासीय कार्यशालामा सहभागी भएका छन्।

भदौ २ गते जर्सिङपौवामा आयोजित कार्यशालामा अध्यक्ष ओलीले युवा संघका नेता तथा कार्यकर्तासँग संगठन, समसामयिक राजनीतिक विषय तथा युवाको भूमिकाबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

कार्यशालामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ। कार्यशालामार्फत संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।