अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनले पीडा नसुनेको भन्दै मानव अधिकार आयोगमा सहकारी तथा लघुवित्त पीडितको धर्ना

बालेनले पीडा नसुनेको भन्दै मानव अधिकार आयोगमा सहकारी तथा लघुवित्त पीडितको धर्ना


काठमाडौं-सहकारी तथा लघुवित्तबाट पीडित नागरिकहरूले आफ्ना माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा धर्ना दिएका छन्। पीडितहरूले लामो समयदेखि आफूहरू आन्दोलनमा रहे पनि समस्या समाधानका लागि ठोस पहल नभएको गुनासो गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै उनीहरुले आन्दोलन स्थलबाटै प्लेकार्डमार्फत संघका महासचिवको ध्यानाकर्षण गराएका छन्। उनीहरुले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख-पीडा सुनिदेऊ’, ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लेखेको प्लेकार्ड धर्ना स्थलमा राखेका छन्।

उनीहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएका सहमति पूरा गर्न माग गर्दै आयोगमा गत साउन २९ मा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि आयोगको कार्यालयबाहिर धर्ना सुरू गरेका थिए।