काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक विषय, सरकारका नियमित कामकारबाही तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्तावमाथि छलफल हुने जनाइएको छ। बैठकका एजेन्डाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया