अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक

सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति रबि लामिछानेको अध्यक्षतामा बैठक सुरु भएको हो। 

बैठकमा पछिल्ला दिनमा देखिएका समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भइरहेको छ। 

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी छन् । 

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको थियो ।