अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भैरहवाबाट घाइते लिएर आएको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण

भैरहवाबाट घाइते लिएर आएको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण


काठमाडौं-भैरहवामा भएको सडक दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि काठमाडौं ल्याउँदै गरेको माउन्टेन एयरको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।

उडानका क्रममा मौसममा खराबी आएपछि सुरक्षालाई ध्यानमा राख्दै हेलिकोप्टर धादिङको गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय नजिकैको चौरमा फोर्स ल्यान्डिङ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार ‘एएन–एएलडी’ कलसाइन भएको हेलिकोप्टरमा भैरहवाको सडक दुर्घटनामा घाइते भएका बिरामीलाई काठमाडौं ल्याइँदै थियो । धादिङको आकाशमा मौसम प्रतिकूल भएपछि पाइलटले हेलिकोप्टरलाई सुरक्षित रूपमा गजुरीमा अवतरण गराएका थिए।

केही समयको प्रतीक्षापछि मौसममा सुधार आएपछि हेलिकोप्टर घाइतेलाई लिएर पुनः काठमाडौंका लागि उडेको प्रहरीले जनाएको छ । हेलिकोप्टर सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान गरिसकेको प्रहरीको भनाइ छ।