अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका रावल विमानस्थलबाट पक्राउ

समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका रावल विमानस्थलबाट पक्राउ


काठमाडौं-समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक व्यक्ति विदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राकेशकुमार रावल रहेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।

प्रहरीका अनुसार रावल नेपाल एयरलाइन्सको उडानमार्फत विदेश जाने तयारीमा थिए। विमानस्थलमा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका रावलमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।