अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोषको कार्यकारी निर्देशकमा कार्कीको पदबहाली

कोषको कार्यकारी निर्देशकमा कार्कीको पदबहाली


काठमाडौं -नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्।

पदबहालीपछि कार्कीले कोषमा सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै हाल सञ्चालनमा रहेका कार्यलाई थप चुस्त, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने बताए।

उनले कोषमा रहेको ठूलो परिमाणको कोषलाई सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउनुपर्ने बताए। त्यसका लागि कोषले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने उनको भनाइ थियो।

कार्यकारी निर्देशक कार्कीले आफू यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहिसकेको उल्लेख गर्दै कोषको कार्यप्रणाली र गतिविधिबारे आफू जानकार रहेको बताए। आगामी दिनमा कोषलाई थप प्रभावकारी र सुदृढ संस्थाका रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको उनले बताए।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।