अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा छोराको हत्या भएको खबर सुनेपछि दाङमा आमाले गरिन् आत्महत्या

काठमाडौंमा छोराको हत्या भएको खबर सुनेपछि दाङमा आमाले गरिन् आत्महत्या


काठमाडौँ-काठमाडौँको शंखमुलमा २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको खबर सुनेपछि दाङमा उनकी आमाले आत्महत्या गरेकी छन्।

शुक्रबार काठमाडौँ महानगरपालिका-१० स्थित शंखमुलमा दुई जनाले धारिलो हतियार प्रहार गर्दा कालाखेतीको मृत्यु भएको थियो। उनी शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका थिए। दाङको घोराही उपमहानगरपालिका–१७ निवासी कालाखेती फ्रान्स जाने तयारीमा काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेका थिए।

छोराको हत्या भएको खबर पाएपछि उनकी ३८ वर्षीया आमा बिना कालाथोकीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीले जानकारी दिए। उनका अनुसार कालाथोकी सिलिङ फ्यानमा पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ। कालाथोकीका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको बताइएको छ।

यता, वसन्तको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा, कलैया उपमहानगरपालिका–३ का प्रमित पटेल र सोही ठाउँका शेखर यादव रहेका छन्। घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको छ। शीर्षक पनि बनाइ दिनुहोस्