अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि (बिहीबार) सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान ९ बजे बैठक बस्ने रास्वपा महामन्त्री विपिन आचार्य र प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। साथै, बाढी प्रभावितका लागि राहत तथा पुनःस्थापनामा दलहरूबीच संयुक्त पहल गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।