अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवामा बाढीमा माछापुच्छ्रे बैंकको टिमुरे शाखाका पाँच कर्मचारी सम्पर्कविहीन

रसुवामा बाढीमा माछापुच्छ्रे बैंकको टिमुरे शाखाका पाँच कर्मचारी सम्पर्कविहीन


काठमाडौं-रसुवा जिल्लाको टिमुरे आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण माछापुच्छ्रे बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत पाँच जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

बाढीपश्चात् उनीहरूसँग सम्पर्क हुन नसकेको भन्दै बैंकले खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन सर्वसाधारणसँग अपिल गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार सम्पर्कविहीन कर्मचारीहरूमा भिम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र मिङ्मा तामाङ रहेका छन्।

बैंकका अनुसार बाढीपछि उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। हालसम्म खोजी कार्य जारी रहे पनि उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ।

माछापुच्छ्रे बैंकले कसैले ती कर्मचारीहरूलाई देखेमा, भेटेमा वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेमा तत्काल बैंकलाई जानकारी गराइदिन अनुरोध गरेको छ। बैंकले खोजी तथा उद्धार प्रयासलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको जनाएको छ।