काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड क्षेत्रमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न र सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार गोसाइँकुण्डबाट फर्किने पर्यटकहरूले गोसाइँकुण्ड-दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्। हालको अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकतामा राखेर उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पर्यटक तथा सरोकारवाला सबैलाई यात्रा गर्दा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न तथा सुरक्षित मार्ग प्रयोग गर्न आग्रह गरेको छ।


प्रतिक्रिया