अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना कर्मचारी सम्पर्कविहीन


काठमाडौं-नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर उनीहरु बेपत्ता भएका हुन्। 

बाढीले रसुवाको टिमुरे शाखा, स्याफ्रुबेसी शाखा र मैलुङ एक्सटेन्सन काउन्टर बगाएको र त्यहाँ कार्यरत कर्मचारीहरु सम्पर्कविहिन रहेको बैंकले बताएको छ। 

बेपत्ता हुनेहरुमा स्याफ्रुबेसी शाखाका शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, भीमबहादुर खड्का, पासाङ याङ्जेन तामाङ वेपत्ता भएका छन्। 

त्यसैगरी, टिमुरे शाखाको डोल्मा लामा र मैलुङ एक्सटेन्सन काउन्टरका मुकेश खड्का बेपत्ता भएको बैंकले जानकारी दिएको छ। 

बेपत्ता रहेका कर्मचारीहरुको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त भएका जानकारी गराउन भन्दै बैंकले सार्वजनिक सूचना प्रकाशन गरेको छ।