अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिब्बतमा फेरी ताल फुट्यो,भोटेकोशीमा अर्को बाढीको जोखिम, सतकर्ता अपनाउन आग्रह

तिब्बतमा फेरी ताल फुट्यो,भोटेकोशीमा अर्को बाढीको जोखिम, सतकर्ता अपनाउन आग्रह


काठमाडौं- तिब्बतको सीमावर्ती केन्द्र ग्यिरोङमा पानी थुनिएर बनेको ठूलो ताल फुटेको छ।

नेपाल प्रहरीले यसबारे जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीले सूचना जारी गर्दै भनेको छ,‘तिब्बत तर्फ पानीको बहाव पुनः फुकेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान जानकारी गराउन अनुरोध गरिन्छ।’