अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिरोङमा थुनिएको ताल ओभरफ्लो हुन थाल्यो

जिरोङमा थुनिएको ताल ओभरफ्लो हुन थाल्यो


रसुवा -नेपाल-चीन सीमा नजिकै तिब्बतको जिरोङ (केरुङ) नाकाभन्दा माथिल्लो क्षेत्रमा पहिरोले थुनिएर बनेको कृत्रिम ताल भरिएर बाहिरिन (ओभरफ्लो हुन) थालेको छ। 

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तालको पानी बाँधमाथिबाट बग्न थालेपछि नेपाल र तिब्बत दुवैतर्फ बाढीको नयाँ र गम्भीर जोखिम पैदा भएको छ।

गत बुधबारको भीषण पहिरोपछि नदी थुनिएर बनेको यो ताल जुनसुकै बेला फुट्न सक्ने खतराका कारण चिनियाँ पक्षले यसअघि नै उद्धार कार्य स्थगित गरिसकेको थियो। ताल ओभरफ्लो हुन थालेपछि अब तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना बढेको छ, जसले नेपालतर्फको रसुवागढी र आसपासका बस्तीहरूमा ठूलो क्षति पुर्‍याउन सक्ने त्रास फैलिएको छ।

सम्भावित जोखिम र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै रसुवामा सुरक्षा परिचालन तीव्र पारिएको छ। रसुवामा खटिएका नेपाल प्रहरीका एसएसपी दीप शमशेर जबराले ताल ओभरप्लो हुन थालेको जानकारी दिँदै तटीय क्षेत्रमा सतर्कता अपनाइएको बताए ।