अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता


काठमाडौं-भदाै १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका समस्या तथा समाधानका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सोमबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत वितरण, नागरिक व्यवस्थापन तथा पुनःस्थापनाका विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्ता मुख्य रूपमा बाढी प्रभावित क्षेत्रका समस्या, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा केन्द्रित रहेको थियो। ‘बाढी प्रभावित क्षेत्रमा भएका समस्या, उद्धार र राहतका विषयमा सभापति र प्रधानमन्त्रीबीच छलफल भइरहेको छ,’ प्रधानमन्त्रीको सचिवालयले जनाए।

यसअघि आइतबार सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखहरू, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर तथा पार्टीले गठन गरेको विपद् व्यवस्थापन संयन्त्रसँग छलफल गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए। स्थानीय जनप्रतिनिधिहरूले बाढी आएको छ दिन बितिसक्दा पनि उद्धार र राहत कार्य अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए।

सो छलफलपछि लामिछानेले उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धताअनुसार उनले प्रधानमन्त्री शाहसँग भेट गरी प्रभावित क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेको जनाइएको छ।