अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढी : उद्धार सामग्री अभाव भएपछि कोरियाली टोली धुन्चे फर्कियो

रसुवा बाढी : उद्धार सामग्री अभाव भएपछि कोरियाली टोली धुन्चे फर्कियो


रसुवा-रसुवास्थित माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आएको कोरियाली उद्धार टोली आवश्यक उपकरण अभाव भएपछि काममा खटिन नसकी धुन्चे फर्किएको छ।

उद्धारका लागि आवश्यक मिनी स्काभेटर र मड पम्प (Mud Pump) उपलब्ध नभएपछि टोलीले तत्काल उद्धार कार्य अघि बढाउन नसकेको हो। आवश्यक सामग्री तथा उपकरण उपलब्ध भएपछि पुनः प्रभावित क्षेत्रमा गएर उद्धार कार्यमा खटिने गरी टोली धुन्चे फर्किएको जनाइएको छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा रहेका विभिन्न सुरुङमा मानिसहरू फसेको अवस्थामा उनीहरूको उद्धारका लागि नेपाली सेनासहित भारत, चीन र कोरियाका उद्धार टोली परिचालन भएका छन्।

उद्धार टोलीहरूले सुरुङभित्र फसेकाहरूको अवस्था पहिचान गर्दै सुरक्षित रूपमा बाहिर निकाल्न आवश्यक प्राविधिक काम गरिरहेका छन्। बाढीका कारण सुरुङमा पानी, माटो तथा अन्य अवरोध रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

आवश्यक उपकरण तथा प्राविधिक सामग्रीको व्यवस्थापन गरी उद्धार कार्यलाई तीव्रता दिने तयारी भइरहेको छ।