काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहीबार बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बिहान १० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा बस्ने भएको हो।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा रसुवामा आएको बाढी, उद्धार तथा राहतका विषयमा छलफल हुनेछ। साथै मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र आगामी कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने छ।
रसुवा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि पार्टीका तर्फबाट आवश्यक पहल र ठोस निर्णय गर्ने तयारी रहेको प्रवक्ता खरेलले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल गरी आवश्यक निर्णय गरिने रास्वपाले जनाएको छ।


प्रतिक्रिया