अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सचिवालय बैठक जारी, रसुवा बाढीसहित समसामयिक विषयमा छलफल

रास्वपा सचिवालय बैठक जारी, रसुवा बाढीसहित समसामयिक विषयमा छलफल


काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो।

बैठकमा रसुवामा हालै आएको बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा छलफल भइरहेको छ। त्यसैगरी पार्टीका सांगठनिक गतिविधि तथा पछिल्ला समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको बताइएको छ।

बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टीको भूमिका, सरकारका तर्फबाट भइरहेका काम र आगामी दिनमा गर्नुपर्ने पहलका विषयमा पनि छलफल हुने जनाइएको छ।

सचिवालय बैठकले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्नुका साथै आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।