अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक

‘ग्रीन आर्मी’बारे छानबिन गर्न रास्वपा सांसद भण्डारीको माग

‘ग्रीन आर्मी’बारे छानबिन गर्न रास्वपा सांसद भण्डारीको माग


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले बाढी प्रभावित क्षेत्रमा देखिएको ‘ग्रीन आर्मी’ (हरियो सेना) का विषयमा तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार सिंहदरबारस्थित संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले पछिल्लो समय चर्चामा रहेको ग्रीन आर्मीको वास्तविक पहिचान र उद्देश्यबारे प्रश्न उठाएका हुन्। उनले मुलुकको सुरक्षा र व्यवस्थासँग जोडिन सक्ने यस्ता विषयमा अन्योल सिर्जना हुन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद भण्डारीले भने, ‘अहिले चर्चामा रहेको ग्रीन आर्मी (हरियो सेना) भनेको के हो ? यसबारे अविलम्ब छानबिन गर्न म सरकारसँग माग गर्दछु।’ उनले सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोसाक लगाएर बाढी प्रभावित क्षेत्रमा पुगेको उक्त समूहबारे विभिन्न टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै यसबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।

उनले विपद्बाट प्रभावित परिवारहरूको व्यवस्थापन र राहतका काममा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राखे। मुलुकको सुरक्षा र सार्वजनिक व्यवस्थासँग सम्बन्धित विषयमा भ्रम र अन्योल फैलिन नदिन सरकारले तथ्य सार्वजनिक गरी नागरिकलाई सुसूचित गराउनुपर्नेमा उनले जोड दिए।