अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनसँग सहकार्य गर्ने बाइडेनको संकेत

चीनसँग सहकार्य गर्ने बाइडेनको संकेत

appharu
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको एक महिनापछि विश्व कूटनीतिबारेको पहिलो सम्बोधनका क्रममा बाइडेनले चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको संकेत गरेका हुन् ।

विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन–अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन–अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।

ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायको विकासमा समस्या आएको समय नव निर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा जगाएको छ ।

अमेरिकीहरूले गएको चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पुर्‍याएको चीनको बुझाइ रहेको छ ।

अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।