अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी वकिलहरुलाई बहस गर्न १५ मिनेटको समय

सरकारी वकिलहरुलाई बहस गर्न १५ मिनेटको समय

appharu
0
Shares

काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ ।

१९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् ।

सरकारी वकिलहरुलाई बहस गर्न आजबाट १५ मिनेटको समय निर्धारण गरिएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ मिनेट समय निर्धारण गरिएको सुरुमै स्मरण गराए ।

संसद विघटन गैरसंवैधानिक भएको दाबीसहित १३ वटा रिट दायर भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट झण्डै ७० जनाले बहस गरेका थिए ।