नयाँ दिल्ली-प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच आइतबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटमा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा दुई देशबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो।
त्यसैगरी, नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत पुगेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।





प्रतिक्रिया