अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० बढी मजदुर हराए (भिडियो)

भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० बढी मजदुर हराए (भिडियो)

appharu
46
Shares

काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटदा कयौं मानिस बेपत्ता भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार ऋषिगंगा विद्युत परियोजनामा कार्यरत १५० बढी कामदारहरु सो बाढीमा परि बेपत्ता भएका छन्।

उत्तराखण्डको तपोवन क्षेत्रमा हिमनदी फुटेपछि भीषण बाढी आएको हो।

नदीमा आएको बाढीले हाइड्रोपावरमा क्षति पुग्नुका साथै नदी आसपासका घर बगाएको छ।

घटनाबारे थप विवरण आउँन बाँकी छ। भारतीय गृहमन्त्री शाहले स्थितीलाई नियालेर सोहीअनुसार दिल्लीबाट आवश्यक जनशक्ति पठाइएको जनाएका छन्।

हिमताल फुटेपछि अर्को मुख्य नदी ऋषिगंगामा समेत आएको बाढीले कैंयन पुल र घरहरु समेत बगाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन्।