अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय महिला फुटबल लिग : चन्द्रपुर र वालिङ विजयी

राष्ट्रिय महिला फुटबल लिग : चन्द्रपुर र वालिङ विजयी

appharu
46
Shares

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेल चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गरेको हो।

चन्द्रपुरका लागि निर्णायक गोल रजनी थोकरले गरेकी हुन। दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए।

मध्यान्तरपछिको खेलमा ७०औँ मिनेटमा थोकरले चन्द्रपुरका लागि गोल गरेकी हुन।

जीतसँगै चन्द्रपुरले सात खेलमा ६ अङ्क बनाएको छ।विराटनगरको सात खेलमा १० अङ्क छ।

लिगको आज सम्पन्न दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङ नगरपालिकाले पुलिस क्लबलाई १–० गोलले हराएको हो। वालिङका लागि मेथो रुथले निर्णायक गोल गरेकी हुन।

मध्यान्तरअघिको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।

खेलको ५८औँ मिनेटमा क्यामरुनका खेलाडी रुथले वालिङका लागि एकमात्र निर्णायक गोल गरिन।

जीतसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ। वालिङको सात खेलमा ११ अङ्क छ। पुलिस आठ अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ।

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपिएफ र चौदण्डीगढी नगरपालिकाबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।