अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला क्रिकेट टोलीलाई लोकतान्त्रिक खेलकुदको बिदाई

महिला क्रिकेट टोलीलाई लोकतान्त्रिक खेलकुदको बिदाई


नेपाल लोकतान्त्रिक खेलकुद संघले बागमती प्रदेश महिला क्रिकेट टोलीलाई शुभकामना सहित बिदाई गरेको छ ।

पोखरामा ६, ७ र ८ गते हुने ‘द अरनिको ट्रफी’ सिरिज अन्तरगतको होम एण्ड अवे प्रतियोगितामा प्रतिस्पर्धा गर्न बागमती प्रदेश महिला क्रिकेट टोली आजै त्यस तर्फ प्रस्थान गरेको हो । सिरिजमा गंडकी प्रदेश र बागमती प्रदेशबिच ५० ओभरको ६ एक दिवसिय प्रतियोगिता हुने छ । जसमा एक महिना भित्र ३ एक दिवसीय खेल पोखरा र ३ एक दिवसीय खेल काठमाण्डौमा हुनेछ ।

महाराजगंजस्थित हेडलाईन क्याफेमा भएको कार्यक्रमा नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं. ४ का सभापति, पूर्व काँग्रेस खेलकुद विभाग सदस्य एवं अन्तराष्ट्रिय कराते खेलाडी राजु श्रेष्ठले टोलीलाई नेपालका पहिलो अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापना गरिएको गजराज जोशी फाउण्डेशनद्वारा प्रदान गरिएको खेल पोशाक र नगद २० हजार र शुभकामना सहित बिदाई गरे ।

जसमा प्रमुख अतिथी राजु श्रेष्ठले १० हजार र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सचिव एवं गजराज जोशी फाउण्डेशनका अध्यक्ष मनिष राज जोशी (राम) ले दस हजार गरि २० हजार रहेको छ ।