अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दीपक श्रेष्ठको निर्देशन रहने ‘घिन्ताङ’को मुहूर्त

दीपक श्रेष्ठको निर्देशन रहने ‘घिन्ताङ’को मुहूर्त


काठमाडौं- दीपक श्रेष्ठको निर्देशन रहने नेपाली चलचित्र ‘घिन्ताङ’ को शुभ-मुहूर्त गरिएको छ । मंगलबार बिहान कमलादी गणेशस्थानमा कलाकार तथा प्राविधिकको उपस्थितिमा चलचित्रको मुहूर्त गरिएको हो ।

अन्तरजातीय प्रेम कथामा निर्माण हुन लागेको फिल्मले निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गर्नेछ । फिल्ममा गौरव पहारी र लक्ष्मी बर्देवालको मुख्य भूमिका रहनेछ ।

नयाँ जोश र जाँगरका उत्कृष्ट कथा दर्शकमा पस्कने उद्देश्यले फिल्म निर्देशन तयारी गरेको निर्देशक श्रेष्ठले बताउनुभयो । फिल्ममा गौरव र लक्ष्मीका अलवा नीर बिक्रम शाह, मदनकृष्ण श्रेष्ठलगायतको समेत अभिनय रहनेछ ।

फिल्मका कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेख्नुभएको हो । फिल्म अगामी शुक्रबारबाट छायाँकनका लागि फ्लोरमा निस्कने निर्माण युनिटले जनाएको छ ।