अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा मोटरसाइकल भेटियो

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा मोटरसाइकल भेटियो


रूपन्देही-कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढ्ने मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटिए पनि सिंहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

सिंहको खोजीमा प्रहरी, स्थानीय बासिन्दा र आफन्तहरू शुक्रबार रातिसम्म खटिएका थिए। राति करिब डेढ बजेसम्म खोजी गर्दा पनि फेला नपरेपछि शनिबार बिहानदेखि पुनः खोजी कार्य सुरु गरिएको हो।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेसहितको प्रहरी टोलीले शनिबार बिहानदेखि गोरुसिङ्गे जंगल तथा आसपासका क्षेत्रमा खोजी गरिरहेको छ। शुक्रबार राति प्रहरी, स्थानीय बासिन्दा र आफन्तसहित ठूलो संख्यामा परिचालित टोलीले ढेकहरी क्षेत्र आसपासका विभिन्न स्थानमा खोजी गरेको थियो।

सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म खोल्ने तयारी गरिरहेका थिए। सोही क्रममा उनी यसअघि पनि पटकपटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ।

प्रहरीले उनको खोजीलाई तीव्र बनाउँदै जंगल तथा आसपासका सम्भावित क्षेत्रमा खोजी गरिरहेको जनाएको छ। सिंह अहिलेसम्म फेला नपरेको र घटनाबारे थप अनुसन्धान तथा खोजी जारी रहेको प्रहरीले जनाएको छ।