अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘नेपाल बेष्ट म्युजिक अवार्ड’को घोषणा

‘नेपाल बेष्ट म्युजिक अवार्ड’को घोषणा


काठमाडौं- ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नाराका साथ तुलसी मिडियाले ‘नेपाल बेष्ट म्युजिक अवार्ड-२०२१’ अवार्डको आयोजना गर्ने भएको हो ।

१४ चैतमा काठमाडौंमा अवार्ड आयोजना गरिन लागेको हो । अवार्डमा लोक, पप, आधुनिक र फिल्म गरेर ३९ विधा समावेश गरिएको अवार्डका संयोजक नवराज भण्डारीले जानकारी दिनुभयो ।

लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, मोडल समावेश हुनुहुन्छ । फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका हुनुहुन्छ । यस्तै, सबै विधा अन्तर्गत नवगायक, नवगायिका, नवमोडल रहनुभएको छ ।

प्राविधिकतर्फ सबै विधाअन्तर्गत छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश अवार्डमा पपुलर विधा अन्तर्गत गीत, संगीतकार, गायक, गायिका, मोडल हरनुभएको छ ।

समारोहमा दुई दशकभन्दा लामो समय संगीतमा बिताएका एकजना श्रष्टालाई नगदसहित लाईफटाईम एचिभमेन्ट अवार्डद्धारा सम्मान गरिनेछ ।