अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुमन र मेलिनाको नयाँ गीत ‘बागमा’ सार्वजनिक

सुमन र मेलिनाको नयाँ गीत ‘बागमा’ सार्वजनिक


काठमाडौं- गायक सुमन केसी र गायिका मेलिना राईको स्वरमा रहेको ‘बागमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा शब्द अम्बिका गुरुङको रहेको छ । राजन खतिवडाको संगीत रहेको गीतमा फणिन्द्र राईले एरेन्ज गर्नुभएको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अस्मिता श्रेष्ठले अभिनय गर्नुभएको छ । उहाँहरूलाई भिडियोमा निकै रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

भावसागर इन्टरटेन्टमेन्टको निर्माणमा बनेको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको हो । भिडियोमा राजिव समरको करियोग्राफी रहेको छ । अर्जुन तिवारीले खिच्नु भएको भिडियो सम्पादन तथा कलर सुप्रिम पराजुलीले गर्नु भएको हो ।