अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदम गौतमको उपन्यास ‘विश्रामपुर’ बजारमा

पदम गौतमको उपन्यास ‘विश्रामपुर’ बजारमा


काठमाडौं- पदम गौतमले लेख्नु भएको उपन्यास ‘विश्रामपुर’ बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लाग्नुभएका गौतमको ‘विश्रामपुर’ पहिलो उपन्यास हो ।

यसअघि उहाँका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजल संग्रह प्रकाशित भइसकेका छन् ।

उपन्यास लेखिनुको पृष्टभूमिका बारेमा लेखक भनुहुन्छ, ‘यो उपन्यासको भावभूमि र मुख्य विषय तीन/चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो । मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरेँ धेरै पटक । पात्र र गाउँ काल्पनिक भए पनि सपना उही हुन्, मान्छेका कथा उही हुन् ।’

सांग्रीला बुक्सले प्रकाशन गरेको ‘विश्रामपुर’ उपन्यास २७२ पृष्ठको छ ।