अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तुलसी दिवसको ‘नेपाली लोककथा’ सार्वजनिक

तुलसी दिवसको ‘नेपाली लोककथा’ सार्वजनिक


काठमाडौं- लोक साहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवसको प्रसिद्ध लोककथा सङ्ग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ ।

बुक-हिल पब्लिकेसनले ‘क्लासिक सेरिज’ अन्तर्गत प्रकाशन गरेको यस पुस्तकमा नेपालका विभिन्न भू-भागमा बसोबास गर्ने विविध जातिहरू तथा नेपालबाहिर बसोबास गर्ने नेपालभाषीका जनजीवनमा प्रचलित १२२ वटा लोककथा सङ्ग्रहण गरिएका छन् ।

‘पन्चायतकालमा सत्ताको कहर खप्दै करिब एक दशकभन्दा लामो समय लगाएर संकलन र सम्पादन गरिएको यो पुस्तकमा लोककथाको स्थान, जाति, वर्ग, भाषा आदिको आधारमा विश्वप्रसिद्ध लेखक र चिन्तकका सिद्धान्तलाई आधार मान्दै वैज्ञानिक विश्लेषण र वर्गीकरण गर्ने कोसिस गरेको छु,’ पुस्तकबारे लेखक, संकलक तथा सम्पादक तुलसी दिवसले भन्नुभयो ।

सांस्कृतिक, एतिहासिक, सामाजिक, अर्ती-उपदेश, ठगी-चलाखी, लोभी-कन्जुस्याइँ, विश्वासघात, पशुपक्षी, भूत, राक्षस, परी, जादु, दैवी, बहादुरीलगायतका विषयका लोककथाहरूमा स्थानीय भाषा, लवज र लोकजीवनको चित्रण गरिएको छ ।

बढ्दो आधुनिकी र यान्त्रीकरणको युगमा लोककथाको यो पुस्तकले पाठकलाई आफ्नो अतीततिर फर्काउन र आफ्नो आदि-इतिहास बुझ्न मद्दत गर्ने र सामान्य पाठकदेखि प्राज्ञिक वर्गका निम्ति पनि यो पुस्तक सङ्ग्रहणीय रहेको प्रकाशक बुक-हिल पब्लिकेसनले जनाएको छ ।