अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षामा आमूल परिवर्तन ल्याउन आवश्यक छ : मन्त्री श्रेष्ठ

शिक्षामा आमूल परिवर्तन ल्याउन आवश्यक छ : मन्त्री श्रेष्ठ


काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।

शिक्षक सेवा आयोगले आयोजना गरेको ‘शिक्षक सेवा दिवस २०७७’ को उद्घाटन गर्दै उहाँले परम्परागत शिक्षा नीति, यहाँको अस्थिरता, अराजकता, अन्यौल र भ्रमको बादलभित्र सबै मडारिएको आफूले पाएको बताउनुभयो ।

कहीँ शिक्षकभन्दा विद्यार्थी बढी र कहीँ शिक्षक नै नपुग्ने असमानतालाई चिर्दै उहाँले यसलाई आमूल परिवर्तन गर्ने विधि पहिल्याउनु आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले भन्नुभयो, ‘मन्त्रालयमा अस्थायी, करार, उमेर नाघेका, राहत, इसिडी, स्वयंसेवक शिक्षकको समस्या त छदैछ, फेरी अहिले द्वन्द्व पीडित शिक्षकको समस्या थपिएको छ, यी सबै समस्याको एक मुष्ठ हल खोज्नुपर्छ ।’

शिक्षक सेवा आयोग सक्षम शिक्षक पहिचान गर्ने मुहान भएकाले मुहान नै शुद्ध हुनुपर्छ भन्दै उहाँले सक्षम, जिम्मेवार र नैतिकवान शिक्षकको आवश्यकतालाई ध्यान दिँदै सक्षम र योग्य शिक्षकको छनौट गर्न परीक्षाको पवित्रता, स्वच्छता कायम राख्नु आवश्यक रहेको बताउनुभयो ।

आफूले शिक्षा मन्त्रालय सम्हालेको धेरै समय नभएकाले धेरै कुरा बुझ्न अझै बाँकी भएको बताउँदै उहाँले भन्नुभयो, ‘मैले पोखरीमा पौडिन भ्याएकै छैन, शिक्षा मन्त्रालयमा आएदेखि काँडाको झ्याङ्मा बसे जस्तो भएको छ, यता फर्के कोतर्छ, उता फर्के घोच्छ, भुँईमा टके टासिन्छ, यहाँ भित्रका समस्यालाई सबै मिलेर हल गर्नुपर्छ ।’