कञ्चनपुर- बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले कञ्चनपुरबाट एक शिक्षकलाई पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुबिलास ढुङ्गानालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।
विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया