अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ९७ जनामा कोरोना संक्रमण

देशभर आज ९७ जनामा कोरोना संक्रमण


काठमाडौं- शुक्रबार नेपालमा कोरोना भाइरसका ९७ जना संक्रमित थपिएका छन् । गत २४ घण्टामा २ हजार ९३१ जनाको आरटीपीसीआर परीक्षण गर्दा ९७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा ११४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । हाल १ हजार ५८३ जना सक्रिय संक्रमित छन् । हालसम्म २ लाख ६९ हजार ६१९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट २ हजार ६१ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल १ हजार ५८३ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म २१ लाख ३४ हजार २६१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।