अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणितमा शून्य नम्बर ल्याएको भन्दै कुटपिट

गणितमा शून्य नम्बर ल्याएको भन्दै कुटपिट


दाङ- गणितमा शून्य नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । राजपुर गाउँपालिका-७ को सिक्टा माविका शिक्षक हेमराज विकले गत बिहीबार विद्यार्थीलाई पिटेका हुन् ।

कक्षा १० का केही विद्यार्थीलाई आन्तरिक परीक्षामा शून्य र एक नम्बर ल्याएको भन्दै लाठीले कुटपिट गरेको पाइएको अनुगमनमा गएका अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियारले बताए । ‘शर्मिला नेपालीलाई बढी चोट लागेको छ,’ परियारले भने, ‘उनलाई २ हजारको औषधि गर्नुपरेको रैछ । अरू विद्यार्थीलाई पनि चोट लागेको छ ।’

स्थानीय जनप्रतिनिधिसँगको छलफलमा शिक्षकले माफी मागेको र अब त्यसो नगर्ने प्रतिबद्धता जनाएको उनले बताए । ‘यस्ता शिक्षकलाई तत्काल हटाउनुपर्छ भन्ने हाम्रो माग थियो । शिक्षकले गल्ती स्वीकार गरे,’ उनले भने, ‘विद्यालयमा विज्ञान र गणित शिक्षकको अभाव भएकाले तत्काल हटाउन नसक्ने पाइयो ।’