अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ शैक्षिकसत्र असारदेखि सुरु हुन्छ : शिक्षामन्त्री श्रेष्ठ

नयाँ शैक्षिकसत्र असारदेखि सुरु हुन्छ : शिक्षामन्त्री श्रेष्ठ


भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिकसत्र असारदेखि सुरु हुने बताउनुभएको छ ।

मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीसँग कुराकानी गर्दै नयाँ शैक्षिकसत्र असारदेखि सुरु हुने बताउनुभएको हो । यसका निम्ति मन्त्रालयले तयारी गरिसकेको उहाँको भनाइ छ ।

त्यस्तै, मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिनुभयो । आगामी दिनमा एचआईभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट विनियोजन गर्नेसमेत मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एचआईभी संक्रमितले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरूको कदर र सम्मान हुनुपर्ने बताउनुभयो ।