अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री गुरुङसँग इजरायली राजदूतद्वारा शिष्टाचार भेट

मन्त्री गुरुङसँग इजरायली राजदूतद्वारा शिष्टाचार भेट


काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग नेपालका लागि इजरायली राजदूत हानान गोडरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार दिउँसो मन्त्री गुरुङ्सँग राजदूत गोडरले भेटवार्ता गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङ र राजदूत गोडरबीच सूचना प्रविधिको विकासका लागि इजरायल सरकारको सेटलाईट प्रविधिका अनुभव आदानप्रदान सम्बन्धमा छलफल भएको बताइएको छ ।

मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काकाअनुसार दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित भएर छलफल भएको छ ।

भेटमा मन्त्री गुरुङले डिजिटल प्रविधि बनाउनमा नेपाल सरकारले पूर्वाधार निर्माणमा जोड दिएको चर्चा गर्नुहुँदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई सार्थक बनाउन मित्रराष्ट्रको अनुभव, प्राविधिक तथा आर्थिक सहयोगको सरकारले स्वागत गर्ने बताउनुभयो ।

राजदूत गोडरले कृषि, पर्यटन तथा प्रविधिको क्षेत्रमा इजरायल सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको प्रेस संयोजक खड्काले जानकारी दिनुभयो । इजरायलको अनुभव नेपालका लागि फलदायी हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।