अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लागुऔषसहित स्याङ्जाबाट दुई युवक पक्राउ

लागुऔषसहित स्याङ्जाबाट दुई युवक पक्राउ


स्याङ्जा- प्रहरीले स्याङ्जाबाट लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । लागुपदार्थ ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका १ का २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिका-१ का २२ वर्षीय अमुल परियारलाई पक्राउ गरेको हो ।

पुतलीबजार-१ को प्रगतिनगरमा गुरुङ र परियारलाई शंकास्पद अवस्थामा फेला पारेपछि सोधपुछ गर्दा उनीले लागुऔषध सेवन गर्ने र लागुपदार्थ खरिद गरी दिवसको घरमा लुकाएर राखेको बताएका थिए ।

दिवसको घरमा खानतलासी गर्दा दिवस सुत्ने कोठामा राखेको व्यागमा दुई/दुई एमएलको लागुऔषध बुफ्रेनोर्फिन २८ एमपुल, डाईजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र आगू औषध गाँजा ५ ग्राम, सिरिन्ज १ थान बरामद गरेको प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले बताउनभुयो ।