अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पेनिस भाषाबारे ज्ञान दिन ‘ओला नमस्ते’ पुस्तक प्रकाशित

स्पेनिस भाषाबारे ज्ञान दिन ‘ओला नमस्ते’ पुस्तक प्रकाशित


कास्की-  नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने उद्देश्यले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित भएको छ ।

कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित सो पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतबार भर्चुअल माध्यमबाट सार्वजानिक गरियो । साधारणसभाले समाजको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो ।

सो अवसरमा आदर्श सेवा समाज अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द पौडेलले स्पेनि भाषा सिक्न चाहने नेपालीलाई सहयोग पुर्‍याउने ध्येयले पुस्तक प्रकाशन गरिइएको जानकारी दिनुभयो ।

समाजले १३ लाखको अक्षयकोष सञ्चालन गर्नका साथै पोखरा महानगरपालिकासँग सहकार्य समेत गर्दै आएको छ । पर्वत समाज स्पेनका उपाध्यक्ष सन्तोष पौडेलले पुस्तकले स्पेनमा आउने नेपालीलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।