अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईई परीक्षा जेठको पहिलो साता हुने सम्भावना

एसईई परीक्षा जेठको पहिलो साता हुने सम्भावना


काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठको पहिलो साता गर्ने तयारी थालेको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार शिक्षा मन्त्रालयले शैक्षिकसत्र जेठसम्म कायम गर्ने निर्णय गरेको छ ।

अरू कक्षाको जस्तै इसईई पनि जेठमा हुने सम्भावना रहेको उहाँले बताउनुभयो । परीक्षा नियन्त्रक खकुरेलका अनुसार बोर्डले एसईई परीक्षाको मिति छिट्टै तय गर्नेछ ।

परीक्षाका लागि फारम भर्ने काम सकिएको उहाँले बताउनुभयो ।