अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको जन्मदिन मनाउँदै युवा संघ

प्रधानमन्त्रीको जन्मदिन मनाउँदै युवा संघ


काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं जन्मदिन मनाउने भएको छ ।

काठमाडौंमा मंगलबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकसँगै जन्मदिनको कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो । कार्यक्रममा केक काटिनेछ भने प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ ।

जन्मदिनका अवसरमा प्रधानमन्त्रीले दिउँसो २ बजे बालमन्दिरका बालबालिकालाई भेट्नुहुनेछ भने साँझ ४ बजे प्रथम महिला राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ पुस्तक विमोचन गर्ने कार्यक्रम छ ।